फूल महँगो भएको उपभोक्ताको गुनासो

काठमाडौँ । यसपालिको तिहारमा फूल महँगो भएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।

विदेशी फूल आयातमा रोक लगाएपछि फूल महँगो हुन पुगेको हो । बजारमा पर्याप्त फूल नभएको कारण महँगो हुन पुगेको उपभोक्ताहरूको गुनासो छ ।

गत वर्षहरूमा झुप्पाको ८ सय रुपैयाँमा किन्ने गरेको फूल अहिले एउटैको १ हजार २ सय रुपैयाँसम्म पर्ने गरेको उपभोक्ताहरूको भनाई छ । नेपाली फूलले मात्रै बजारलाई नधान्ने देखिएको छ । विदेशी फूल आयातमा रोकले झनै कालोबजारी बढेको उपभोक्ताहरूले बताएका छन् । प्लास्टिकको फूल रोकेकोमा भने उपभोक्ताहरूले स्वागत गरेका छन् । उनीहरूले बजार अनुगमनको पनि खाँचो औँल्याएका छन् ।

फूलैफूलको पर्व भनेर चिनिने तिहार पर्वको फूल किन्ने उपभोक्ताहरूको बजारमा घुँईचो लागेको छ । काठमाडौँ महानगरपालिकाले तिहारको लागी फूल र माला बेच्नको लागी ३२ स्थान तोकिदिएको छ । सोमबार लक्ष्मीपूजा भएकोले पनि बजारमा फूल किन्नको लागी विशेष चहलपहल बढेको हो । तिहारमा नेपालीहरूले फूलले घर सजाउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 4 =