११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने एमालेको निर्णय

काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको ११औँ महाधिवेशन अगामी मंसिर २७ देखि २९ गतेसम्म कास्कीको पोखरामा गर्ने निर्णय गरेको छ ।
शुक्रवार सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।
उनका अनुसार बैठकमा अध्यक्ष ओलीले महाधिवेशनको मितिसहित प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन समेत सुझावसहित पारित गरिएको छ । उनले जेन–जी पुस्ताले अघि सारेका मागहरू पुरा गर्न प्रतिनिधि सभा पुनर्स्थापन मुद्दालाई अघि बढाउने निर्णय गरिएको पनि बताए ।
उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको कारण पनि एमाले प्रतिनिधि सभा पुनः स्थापनाको पक्षमा उभिएको जिकिर गरे ।
सरकारले मुठभेटको वातावरण बनाइरहेको, नेताहरूको चरित्र हत्या गरेको, सन्देहस्पाद पात्रहरू दलका नेतालाई भौतिक हमला गर्न खोजिरहेको र चुनावी परिणाम पनि नस्विकार्ने चेतावनी दिइरहेको अवस्थामा निर्वाधपूर्वक मतदान हुन नसक्ने गौतमको जिकिर छ । एमालेले निर्वाचन पनि नहुने र प्रतिनिधिसभा पनि पुनर्स्थापना हुन नसक्ने अवस्थामा देश भयङ्कर राजनीतिक अस्थिरता र अराजकतातिर जाने जोखिम रहेको पनि निष्कर्ष निकालेको छ ।








