विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल गर्नु हुँदैन: सञ्चारमन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विधिको शासन कायम गर्न कुनैपनि बहानामा आलटाल नहुने बताएका छन् ।

मन्त्रीपरिषद् बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले वर्तमान सरकार विधि र कानुनसम्मत ढंगले अघि बढ्न तयार रहेको बताए । वर्तमान सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्नु रहेको जिकिर गरे ।

सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताए । वर्तमान सरकार जेन जी जनआन्दोलनको जगमा बनेको नागरिक सरकार भएको दाबी गरे ।

उनले भने ‘नेपाल सरकार जे जति राज्यका संयन्त्रहरू छन् । ती संयन्त्रहरूमार्फत विधिसम्मत, कानुनसम्मत ढंगले व्यवहारिक ढंगले जे जसरी अघि बढ्नुपर्छ त्यसमा अघि बढ्छ । यो सरकारको पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्ने एउटा महत्त्वपूर्ण प्राथमिकता हो । सुशासन कायम गर्ने कुरामा विधिको शासनलाई सरकारले कार्यान्वयन गर्नुपर्छ । विधिको शासन कायम गर्ने कुरामा यो वा त्यो बहानामा आलटाल हुँदैन । विधिसम्मत ढंगले जे गर्नुपर्छ हामी गर्छौँ । यो सरकार जेन जी जनआन्दोलनको जगमा बनेको जनताको नागरिक सरकार हो ।’

मन्त्री खरेलले वर्तमान सरकार सबै राजनीतिक दलहरूको सरकार रहेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकार भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =