रोमाञ्चक सुविधा र उपहारसंगै ‘फोर्थिङ तिहार भाइब’ घोषणा

काठमाडौँ । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटी प्रा.ली., नेपालमा फोर्थिङ ब्रान्डको नेपालका लागि अधिकृत वितरकले तिहारको अवसरमा विशेष अफर ‘फोर्थिङ तिहार भाइब’ घोषणा गरेको छ ।
यो विशेष अफर असोज २७ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ, जसअन्तर्गत ग्राहकहरूले स्टाइल, परफर्मेन्स र इनोभेसन मिसिएको ब्रान्डको प्रिमियम इलेक्ट्रिक एसयूभी ‘Forthing Friday’ अनुभव गर्न सक्नेछन् ।
यो सीमित समयको अफरमा, ग्राहकहरूले थुप्रै रोमाञ्चक सुविधा र उपहारहरू प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
- बुकिङमा आइफोन १७ प्रो (iPhone 17 Pro) प्राप्त गर्ने अवसर
- आकर्षक नगद छुट
- ८ वर्षको वारेन्टी
- ६ वर्षसम्म निःशुल्क सर्भिसिङ
- ७ kW होम चार्जर
- स्पेयर टायर
- १ वर्षको अटो प्लस बीमा र रोड ट्याक्स निःशुल्क
फ्युचरिस्टिक डिजाइन, आधुनिक सुरक्षात्मक विशेषता र वातावरणमैत्री प्रदर्शनसहित फोर्थिङ फ्राइडेले नेपाली सवारी बजारमा प्रिमियम ईभी ड्राइभको नयाँ स्तर ल्याएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार सहरका सडकहरूदेखि सप्ताहान्तका यात्रासम्मका लागि उपयुक्त, Friday EV मा ६४.४ kWh ब्याट्री र ९९ kW मोटर जडान गरिएको छ, जसले WLTP मापदण्ड अनुसार ४०० किलोमिटरको दायरा प्रदान गर्छ । यसको भित्री डिजाइन आरामदायी, काममा सहज र स्मार्ट डिजाइनलाई प्राथमिकता दिँदै तयार गरिएको छ। यसका साथै, प्रिमियम मसाज स्पोर्ट्स सिट समावेश गरिएको छ जसले ड्राइभिङ अनुभवलाई अझ उत्कृष्ट बनाउँछ, र एक्सक्लुसिभ भेरियन्टमा इलेक्ट्रिक टेलगेटको सुविधा पनि थपिएको कम्पनीले जानकारी दिएको छ ।
अभियानबारे बोल्दै लक्ष्मी ई–मोबिलिटी प्रा.ली. ले भने ‘Forthing Tihar Vibe हाम्रो लागि केवल एउटा अफर होइन – यो तिहारको उत्सवलाई हाम्रा सम्मानित ग्राहकहरूसँग साझा गर्ने विशेष अवसर हो । हामी सफा, स्मार्ट र अत्याधुनिक मोबिलिटीको यात्रातर्फ अघि बढ्दैछौं र चाहन्छौँ कि हाम्रा ग्राहकहरूले चलाउँदा केवल प्रविधि होइन, भावनात्मक अनुभव पनि गर्न सकुन्। तिहार उज्यालोपना, सम्बन्ध र उत्सवको पर्व हो — र Forthing Friday सँग हरेक कदम पनि त्यही रमाइलो अनुभव झल्किन्छ ।’
कम्पनीले ग्राहकहरूलाई थापाथली र नमसालस्थित Forthing Showroom मा आमन्त्रण गरेको छ । जहाँ सबैले Forthing Friday को आधुनिक डिजाइन, फराकिलो इन्टेरियर, स्मार्ट ड्राइभिङ प्रणाली र उत्कृष्ट प्रदर्शन नजिकबाट अनुभव गर्न सकिने बताइएको छ ।
अभियान अवधिभर टेस्ट ड्राइभ र व्यक्तिगत परामर्श सेवा पनि उपलब्ध हुनेछन् ।








