एथर एनर्जी नेपालको विशेष चाडपर्व अफर घोषणा

काठमाडौँ । एथर एनर्जी नेपालले यस वर्षको चाडपर्वलाई अझ उत्साहपूर्ण बनाउने उद्देश्यले रोमाञ्चक अफरहरू ल्याएको छ ।
यस अफरअन्तर्गत, ग्राहकहरूले एथर सिरिज वा नयाँ एथर रिज्टा बुक गर्दा विशेष लन्च अफरहरू प्राप्त गर्नेछन्, जसले उनीहरूको इलेक्ट्रिक यात्रालाई अझ स्मार्ट, सुरक्षित र लाभदायक बनाउने कम्पनीले जनाएको छ ।
विशेष चाडपर्व अफरहरू:
- निःशुल्क Eight70 ब्याट्री वारेन्टी
- ०% ब्याजदरमा किस्ता सुविधा
- न्यूनतम रु. ३०,००० को एक्सचेन्ज मूल्याङ्कन
- रु. ८,००० को मूल्य थप सुविधा
सर्तहरू लागू हुने
वैद्य एनर्जी प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत सुर्यांश वैद्य भन्छन् ‘एथर अफर वा छुटबारे होइन, नेपाली चाडपर्व नयाँ सुरुवात र परिवारको एकताको प्रतीक हो — यसलाई अझ अर्थपूर्ण बनाउने उत्तम तरिका भनेको भविष्यका लागि बनाइएको, सफा र स्मार्ट स्कूटरको साथमा यो पर्व मनाउनु हो ।’
एथर 450 सिरिजमा शक्तिशाली परफर्मेन्स, तीव्र एक्सेलेरेसन, स्किडकन्ट्रोल सुरक्षा प्रणाली, र बुद्धिमान AtherStack सफ्टवेयरजस्ता अत्याधुनिक विशेषताहरू रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले एथर सिरिजमा केवल स्कूटर नभएर उच्च प्रदर्शनयुक्त ईभी, जसले यात्रुको हरेक यात्रालाई नयाँ स्तरमा पुर्याउँने दाबी गरेको छ ।
यसको प्रमुख विशेषताहरू:
- एकपटक चार्जमा १५९ किमी दूरी
- ५६ लिटरको विशाल स्टोरेज – वर्गमै सबैभन्दा ठुलो
- ७९इञ्च टीएफटी स्मार्ट डिस्प्ले – सहज नेभिगेशन र कनेक्टिभिटीका लागि
- आरामदायी डिजाइन – प्रत्येक पारिवारिक यात्रालाई तनावमुक्त बनाउने








