फोटोन ईभी भ्यानः नेपालका सडकहरूका लागि सुरक्षा नै पहिलो प्राथमिकता

काठमाडौं । नेपालको सडकमा सुरक्षित, प्रविधिमैत्री र वातावरणअनुकूल यात्राका लागि फोटोन ईभी भ्यान नयाँ मापदण्डको रुपमा स्थापित हुँदैछ ।
‘सुरक्षा सधैं पहिलो’ भन्ने मूल सन्देशसहित सार्वजनिक सवारीको परिभाषा फेरिरहेको यस विद्युतीय भ्यानको पहिलो प्राथमिकता सुरक्षा नै हो । तर कम्पनीले सुरक्षित यात्रा सधैं चालककै जिम्मेवारीबाट सुरु हुने बताएको छ ।
सहरका व्यस्त सडकदेखि पहाडी दुर्गम बाटोसम्म सहजै गुड्न सक्षम फोटोन ईभी भ्यानमा दक्षता, दिगोपन र भरपर्दो सुरक्षाको सशक्त संयोजन गरिएको छ ।
फोटोन ईभी भ्यानमा विश्वकै नम्बर एक ईभी ब्याट्री ब्रान्ड क्याटलको एडभान्स्ड ब्याट्री प्रणाली, जसले नेपालको जटिल मौसम र भूगोलमा समेत भरपर्दो प्रदर्शन सुनिश्चित गर्छ । थर्मल म्यानेजमेन्ट सिस्टमसहितको यो ब्याट्री लामो आयु, कम मर्मत खर्च र उच्च सुरक्षाको भरपर्दो स्रोत बनेको छ ।
भ्यानमा चारै पाङ्ग्रामा डिस्क ब्रेक, एबीएस (एण्टी लक ब्रेकिङ सिस्टम) र ईबीडी (इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन) सहितको एडभान्स्ड ब्रेकिङ टेक्नोलोजी छ, जसले आकस्मिक ब्रेकिङका समयमा समेत स्थिरता र नियन्त्रण कायम राख्न मद्दत पुर्याउँछ । उकालोमा अटो–हिल असिस्टले गाडी पछाडि फर्कन दिंदैन भने ओरालोमा ‘स्टीप स्लोप स्लो डिसेन्ट’ जस्ता सुविधा यात्रालाई थप सहज बनाउँछ ।
बलियो चेसिस फ्रेम, सस्पेन्सन सिस्टम र उच्च स्ट्रेन्थको 3H स्टील बीम संरचनाले इम्प्याक्ट प्रतिरोध क्षमता बढाएको छ । दुर्घटनाका क्रममा बम्पर र ढोकामा राखिएको एन्टी–कोलिजन स्टील बीमले यात्रुहरूलाई गम्भीर चोटबाट जोगाउँछ । यसले यात्रु सुरक्षामा योगदान मात्र नभइ गाडीको दीर्घायु र मर्मत खर्चसमेत घटाउँछ ।
सुरक्षाका लागि आवश्यक सबै खालका स्मार्ट सुविधा यसमा समावेश छन् । पार्किङ सेन्सर, राडारसहितको रिभर्स क्यामेरा, फराकिलो दृश्यताको लागि डिजाइन गरिएको क्याबिन, व्यक्तिगत सीट बेल्ट, चाइल्ड लक सिस्टम, इमरजेन्सी डोर र फस्र्ट एड किटसमेत उपलब्ध छ ।
फोटोन ईभी भ्यानले सुरक्षा, प्रविधि र विश्वासलाई संयोजन गरेर नेपालमा सुरक्षित र दिगो यात्राको नयाँ मापदण्ड तय गरेको छ।








