तीन दलका प्रमुख नेतालाई बिदाइ गरौं : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा नयाँ संवादको सुरुवात गर्न तीन प्रमुख दलका शीर्ष नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा थापाले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई लक्षित गर्दै अब पुरानो नेतृत्वले बाटो छोड्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।

‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ थापाले भनेका छन्, ‘अब हामीले नयाँ सोच, नयाँ ढंग र नयाँ पुस्तासँग अघि बढ्नुपर्ने समय आएको छ ।’

महामन्त्री थापा नेपाली कांग्रेसभित्र पार्टी महाधिवेशनको निरन्तर माग गरिरहेका छन् । उनले केवल आफ्नै पार्टीभित्र मात्रै होइन, समग्र राजनीतिक संरचनामै नेतृत्व परिवर्तनको खाँचो औँल्याएका छन् ।

उनले एमाले र माओवादी कार्यकर्तालाई पनि आफ्ना नेताहरूलाई जिम्मेवारी छाड्न आग्रह गर्नुपर्ने बताएका छन् । ‘म एमाले र माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ—अब नो मोर,’ उनले भने ।

थापाले नेतृत्व फेरेपछि सबै समस्या समाधान हुन्छ भन्ने नसोचिए पनि अहिलेको संरचनाले दीर्घकालीन समाधान दिन नसक्ने बताएका छन् । उनले आफूहरू पनि अनुपयुक्त ठहरेमा पदबाट पछि हट्न तयार रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =