सहिद परिवारले सरकारसँग मागे ३ मन्त्रालय, प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप

काठमाडौँ । जेनजी सहिद परिवार संघर्ष समितिले सरकारसँग तीन वटा मन्त्रालयको माग राखेको छ ।

बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गर्दै समितिले सरकारलाई खबरदारी गर्दै आफूहरूको उपस्थिति क्याबिनेटमा अनिवार्य रहेको बताएको हो । समितिले सहिदको रगतबाट बनेको सरकारले आफूलाई बेवास्ता गर्दै आएको आरोप लगाएको छ ।

सहिद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले पत्रकार सम्मेलनमा रोष व्यक्त गरे । ‘प्रधानमन्त्री शुसिला कार्की र अन्य जेन–जी समूहका नेताहरूले हामीलाई कुनै पनि महत्त्व दिएका छैनन् । पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि हाम्रो माग सम्बोधन गरिएको छैन’ उनले भने ।

समितिले सरकारसँग श्रम तथा रोजगार मन्त्रालयको लागि सहिद विजय चौधरीको दाजु दीपक चौधरी, खानेपानी मन्त्रालयका लागि सहिद इस्वत अधिकारीका आफन्त भोजविक्रम थापा, र युवा तथा खेलकुद मन्त्रालयका लागि सहिद योगेन्द्र न्यौपानेका मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ ।

समितिले सरकारलाई ७ दिनको समय दिँदै चेतावनी दिएको छ । यदि यो माग सम्बोधन नगरेमा सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =