जेनजी आन्दोलन

तोडफोड, आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली काँग्रेसले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा भौतिक संरचनामाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो माग राखेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तोडफोड, आगजनी र लुटपातमा संलग्नलाई कानूनी दायरामा ल्याउनुपर्ने पक्षमा नेताहरुले धारणा राखेको बताए ।

उनले जेनजीका आन्दोलनकारीलाई कारबाही नगर्ने गृहमन्त्री ओम प्रकाश अर्यालको अभिव्यक्तिप्रति आपत्ति समेत जनाए । उनका अनुसार बैठक पार्टीको अधिवेशनको विषयमा केन्द्रित थियो ।

बैठकमा नेताहरुबीच अधिवेशन नियमित समयमा गर्ने कि नगर्ने विषयमा मतभेद रहेका कारण ठोस निष्कर्षमा नपुगेको महतको भनाइ छ । बैठकमा केही नेताहरु बोल्न बाँकी रहेकाले फेरी भोलि छलफल हुने बताए ।

जेनजी आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी तथा राष्ट्रिय राजनीतिको विषयमा पार्टीले यही असोज २६ गते बस्ने कार्यसमिति बैठकबाट आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 14 =