प्रदेश प्रमुख मियाँद्वारा बडादसैँको शुभकामना व्यक्त
२०८२ असोज १६ गते

गोदावरी । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् ।
आज जारी गरेको शुभकामना सन्देशमा उनले मुलुकमा दिगो शान्ति र सामाजिक सहिष्णुता कायम गर्न बडादसैँजस्ता चाडबाट मद्दत मिल्ने विश्वास व्यक्त गरे ।
साथै उनले देशको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, र पारस्परिक सहयोगको भावनालाई बलियो बनाउन यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।
२०८२ असोज १६ गते
प्रतिक्रिया
सम्बन्धित








