देशमा शान्ति, सुव्यवस्था कायम गरौँ : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन् ।

युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताए ।

भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनलगायत जेनजीका मागप्रति समर्थन जनाउँदै उनले भने ‘भदौ २३ र २४ मा जेनजीका नाममा भएको आन्दोलनमा उनीहरुलाई पाखा लगाएर घुसपैठ भयो । नयाँ पुस्ताले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार आगो लगाएका होइनन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =