निवर्तमान गृहमन्त्री रमेश लेखकलाई मातृशोक
२०८२ असोज ९ गते

काठमाडौं । निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई मातृशोक परेको छ ।
उनकी आमा शारदा लेखकको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
८९ वर्षीया शारदा लेखकको राजधानीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो ४ बजे निधन भएको हो । शवदाह आजै साँझ पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ ।
२०८२ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








