प्रधानमन्त्री कार्कीसँग इयुका राजदूतको भेट
२०८२ असोज ९ गते

काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र युरोपेली संघ (ईयु) का राजदुतबीच शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री कार्की र राजदुतबीच शिष्टाचार भेट भएको हो ।
ईयुका राजदूतसँगै फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले पनि शिष्टाचार भेट गरेका छन् ।
जेन—जी आन्दोलनसँगै भएको पछिल्लो राजनीतिक परिवर्तनपछि नेपालमा विभिन्न मुलुकको चासो बढेको छ । जेन—जी आन्दोलनसँगै केपी शर्मा ओली नेतृत्वको सरकार पतनपछि अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्की नियुक्त भएकी थिइन् ।
यसअघि पनि भारत, अमेरिका र चीनका राजदूतले प्रधानमन्त्री कार्कीसँग भेट गरिसकेकी छन् ।
२०८२ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित








