रास्वपाको केन्द्रीय समिति बैठक भोलि १ बजे पुनः बस्ने
२०८२ असोज ७ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम नसकिएपछि बैठक स्थगन गरिएको र भोलि पुनः बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठकमा पार्टीको संगठनात्मक समीक्षा, आगामी रणनीति र समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल भइरहेको छ ।
२०८२ असोज ७ गते
प्रतिक्रिया
सम्बन्धित








