सरकारी सम्पत्तिको बीमा गर्नुपर्छ: चंकी क्षेत्री

काठमाडौँ । बीमक संघका निः वर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्नुपर्ने बताएका छन् ।
मङ्गलवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा गर्न आवश्यक रहेको बताएका हुन् ।
नेपालमा धेरै पटक नसोचेका घटनाहरू भएको उल्लेख गर्दै जसले ठुलो सम्पत्तिको क्षति भएको बताए ।
क्षेत्रीले भने ‘नेपालमा धेरै पटक नसोचेका घटनाहरू हुने गरेका छन् । जसको कारण सरकारी सम्पत्तिको पनि ठुलो क्षति हुने गरेको छ । भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन । अहिले भएको सरकारी सम्पत्तिको पनि क्षतिको पनि बीमा गरिएको छैन । सरकारी सम्पदा तथा सम्पत्तिको पनि बीमा गर्न आवश्यक छ ।’
उनले अहिले नेपालमा बैंक इन्स्योरेन्स अनिवार्य आवश्यकता भएको बताए ।








