देउवा निवासमा भेटिएको पैसाको छानबिन हुनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोटको बारेमा निष्पक्ष छानबिन हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले यस विषयमा अनुमान र हल्लाको आधारमा होइन, अनुसन्धानको आधारमा सत्य बाहिर ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शर्माले भने, ‘सत्य बाहिर ल्याउनका लागि छानबिन आवश्यक छ । सम्पत्ति शुद्धीकरण विभागलगायत राज्यका निकायहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्, र त्यसको नतिजा स्वीकार गर्नुपर्ने हो ।’

कांग्रेसका जिल्ला सभापतिहरूको बैठकमा पाल्पाका सभापति हिमाल श्रेष्ठ र इलामका सभापति डम्बर खड्काले उठाएको प्रश्नलाई स्मरण गर्दै शर्माले भने, ‘यस विषयमा स्पष्टता दिने जिम्मेवारी सभापति निवास पक्षकै हुनेछ ।’

उनले यस घटनामा केन्द्रीय सरकारका निकायहरू मार्फत मात्र वस्तुगत सत्य बाहिर आउन सक्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =