मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा मन्त्रीको शपथग्रहण गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

मलबिना कृषिको उत्पादन बढाउन नसकिने उनको भनाई छ । मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए ।

मल आयात भएको खबर सार्वजनिक भइरहँदा पनि यसको अभाव हुने कुराको आफूले गहिरो अध्ययन गर्ने उनले जानकारी दिए ।

उनले भने ‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन । मैले यो विषयमा अझै अध्ययन गर्न जरुरी छ कि आखिर भएको के रहेछ । किन यो मल चाहिँ समयमा उपलब्ध हुन सक्दैन । किन पटक पटक चाहिँ यति टन मल आइरहेको छ, आजभोलि यो जान्छ भन्ने पत्रपत्रिकामा आइरहेको छ । त्यो किन भएन भन्ने कुरा चाहिँ मैले अब हेर्नुपर्छ । त्यसमा के कमीकमजोरी भएको छ, त्यसलाई हटाउने प्रयास गर्नेछु ।’

उनले कृषकको हित हुने काम गर्ने बताए। वर्तमान सरकारको मुख्य प्राथमिकता चुनाव गराउने, सुशासन कायम गर्ने र बेतिथि नियन्त्रण गर्ने भएकाले सोही अनुरूप आफूहरूले काम गर्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =