याडिया ओविन नेपाली बजारमा सार्वजनिक, दसैँ विशेष मूल्य २ लाख १० हजार

काठमाडौँ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. ली. ले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ । यो स्कुटर सहरिया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यसमा २८०० वाट क्षमताको मोटर, ७२ भोल्टको ३० ए.एच. ब्याट्री र एकपटक चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सकिने सुविधा छ । साथै सजिलै चलाउन मिल्ने क्रुज कन्ट्रोल र पछाडि फर्केर पनि चलाउन सकिने रिभर्स असिस्ट जस्ता सुविधा पनि दिइएको छ ।

याडिया ओविनको आधिकारिक मूल्य र. २,३५,००० तोकिएको भए पनि समस्त नेपालीहरूको महान पर्व दसैँ, तिहार, एवं छठलाई लक्षित गर्दै विशेष मूल्य रु. २,१०,००० घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसका साथै लगातार ८ वर्ष विश्वकै नम्बर १ इलेक्ट्रिक टु व्हिलर ब्रान्ड बन्न सफल भएको उपलब्धि मनाउन पनि यस विशेष मूल्यको घोषणा गरिएको र यो मूल्य सीमित संख्याका लागि मात्र उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ ।

हरेक याडिया उत्पादन जस्तै याडिया ओविन पनि ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको वारेन्टीसहित आउँछ । यसले प्रयोगकर्तालाई लामो समयसम्म निश्चिन्त बनाउने बताइएको छ ।

‘ओविन केवल स्कुटर मात्र नभएर यसले नेपाली उपभोक्तालाई नयाँ पुस्ताको स्टाइल, स्मार्ट सुविधाहरू र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्दछ । दसैँ विशेष अफर हाम्रो ग्राहकहरूसँग मिलेर याडेआको सफलता मनाउने तरिका हो ।’ कुजु नेपाल प्रा। ली का प्रवक्ताले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =