जगदम्बा मोटर्सद्वारा दुई नयाँ मोडल सार्वजनिक गरिदैँ

काठमाडौँ । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि., नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरकले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा गरेको छ ।

असोज ५ मा हुने कार्यक्रममा, नेपाली बजारमा TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO पहिलो पटक सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

यी दुवै मोटरसाइकलले शक्ति, शैली र सुविधामा नयाँ स्तर ल्याउने बताइएको छ ।

TVS Apache RTR 160 2V RT FI BS6

कम्पनीका अनुसार Apache Racing DNA बाट प्रेरित यो नयाँ संस्करणमा BS6 फ्यूल इन्जेक्सन प्रविधि प्रयोग भएको छ, जसले दमदार पावर, उत्कृष्ट माइलेज र प्रिमियम युरोपेली लुक प्रदान गर्छ।

मुख्य विशेषताहरू :

  • 159.7cc FI इन्जिन (16.04 PS @ 8400 RPM र 13.85 Nm @ 7000 RPM)
  • करिब 50 KMPL सम्मको दक्षता दिने उन्नत FI प्रणाली
  • एरोडाइनामिक र आक्रामक युरोपेली डिजाइन
  • आफ्नो सेग्मेन्टमा पहिलो पटक जीवनभरको वारेन्टी
  • रेस-ट्युन सस्पेन्सन, ABS, डिजिटल कन्सोल, राइड मोड्स र SmartXonnect

TVS Raider IGO – नेपालको नयाँ रफ्तार

नयाँ पुस्ताका राइडरहरूलाई लक्षित गर्दै ल्याइएको Raider, स्टाइल र परफर्मेन्स दुवै चाहनेका लागि आदर्श विकल्प भएको कम्पनीले जनाएको छ ।

मुख्य विशेषताहरू :

  • 125cc इन्जिन, पावर र माइलेज दुवैमा उत्कृष्ट
  • LED हेडलाइट, आधुनिक ट्यांक डिजाइन र पूर्ण डिजिटल क्लस्टर
  •  सीट मुनि स्टोरेज, एडभान्स्ड राइड मोड्स र कनेक्टिभिटी फिचर
  •  दैनिक यात्रा, स्टाइल र रोमाञ्च खोज्ने युवाहरूका लागि उत्तम छनोट

‘Apache RTR 160 2V FI BS6 ले दमदार रेसिङ प्रदर्शन दिनेछ भने Raider IGO ले स्टाइल, माइलेज र दैनिक रोमाञ्च खोज्ने युवाहरूलाई लक्षित गर्नेछ। यी दुवै मोडलहरूले TVS ब्रान्डको नवप्रवर्तन, गुणस्तर र ग्राहकप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछन्।’ जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले भने ।

यी मोटरसाइकलहरू लञ्चपछि नेपालभरका सबै डिलरशिपहरूमा उपलब्ध हुनेछन् । ग्राहकहरूले विभिन्न कलर विकल्प, फिचर र आकर्षक लञ्च अफरहरू लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 8 =