वरिष्ठ उपाध्यक्षसहित जनमत पार्टीका ६ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं । जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताले सामूहिक राजीनामा दिएका छन् ।
उनीहरूले पार्टीका अध्यक्ष सीके राउतलाई नेतृत्व छोड्नका लागि २४ घण्टे अल्टिमेटम दिएका थिए । तर, आफैले पार्टी परित्यागको घोषणा गरेका छन् ।
राजीनामा दिने नेताहरूमा वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा. शरतसिंह यादव, जनमतनिकट युवा सङ्घका संयोजक सञ्जयकुमार यादव, जनमत स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम प्रदेशका वरिष्ठ इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम रहेका छन् ।
उनीहरूले पार्टीको नेतृत्वको असफलता र जनभावनाका अनुसार आत्मआलोचना गर्दै नेतृत्व परिवर्तनको माग गरेका थिए । तर, यस मागलाई अपहेलना गर्दै पार्टीको जेन्जी (जेनरेशन) पुस्ताले बगाएका रगतको अपमान गरिएको आरोप लगाएका छन् ।
साथै, कार्यकर्तालाई अहंकारको भाषा बोलेको आरोप लगाउँदै, साधारण सदस्यसमेत नरहने निर्णय गरेको उनीहरूले घोषणा गरेका छन् ।









