हरि ढकालले नै सुमनालाई पार्टी छाड्न चुनौती दिएका थिए, स्वीकारे गल्ती

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले पूर्व नेतृ सुमना श्रेष्ठलाई लक्षित गर्दै गरेका विवादास्पद अभिव्यक्तिहरू फिर्ता लिएका छन् ।

बुधबार पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरेका हुन् ।

केही दिनअघि भएको भर्चुअल बैठकमा, सभापति रवि लामिछानेको रिहाइको विषयमा चर्चा गर्दै श्रेष्ठ, ढकाल र गणेश कार्की बीच चर्काचर्की भएको थियो ।

उक्त बैठकमा श्रेष्ठले सभापतिको रिहाइको बारेमा प्रश्न उठाएपछि ढकाल आक्रामक रुपमा प्रतिक्रिया जनाएका थिए । उनले उक्त बैठकमा ‘बाघको छालामा स्यालको रजाईं’ भन्ने उखान प्रयोग गर्दै श्रेष्ठलाई आलोचना गरेका थिए ।

यसैक्रममा, उनले पार्टीभित्रको विभाजन र असन्तोषको संकेत गर्दै सभापतिको विरोध गर्ने सदस्यलाई पार्टी छोडेर जान समेत चुनौती दिएका थिए ।

ढकालको उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र असन्तोष फैलिएको थियो र केही दिनपछि सुमना श्रेष्ठले पार्टी परित्याग गरिन्। यस घटनाले रास्वपामा आन्तरिक विवादलाई बढाएको थियो ।

बुधबारको बैठकमा ढकालले आफैँले उक्त विषयलाई उठाउँदै क्षमायाचना गरेका छन् । उनले भावावेशमा आएर त्यस्तो बोल्न पुगेको भन्दै आफ्नो गल्तीलाई स्वीकार गरेका छन् । ढकालको आत्मालोचनापछि अन्य नेताहरूले यस विषयमा कुनै थप टिप्पणी गरेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 2 =