जलेको घर अवलोकन गर्न कोटेश्वर गए माधव नेपाल
२०८२ भदौ ३१ गते

काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीद्वारा आगजनी गरिएको कोटेश्वरस्थित आफ्नै निवासको अवस्था बुझ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल त्यहाँ पुगेका छन् ।
नेपाली सेनाको सुरक्षा निगरानीमा शिवपुरीस्थित स्टाफ कलेजमा आश्रय लिइरहेका अध्यक्ष नेपाल सोमबार दिउँसो कोटेश्वरस्थित आफ्नो जलेको घरमा पुगेका हुन् । अध्यक्ष नेपालसँगै पार्टीका नेता मेटमणि चौधरी पनि घटनास्थल पुगेका थिए ।
गत भदौ २४ गते जेनजी आन्दोलन चर्किदै जाँदा प्रदर्शनकारीले कोटेश्वरस्थित नेपालको घरमा आगजनी गरेका थिए ।
२०८२ भदौ ३१ गते
प्रतिक्रिया
सम्बन्धित








