काठमाडौंमा कर्फ्यू खुकुलो, जनजीवन सामान्यीकरणतर्फ

काठमाडौं । देशभर जारी कर्फ्यूलाई नेपाली सेनाले आज बिहान १० बजेसम्मका लागि खुकुलो पारेको छ । यससँगै राजधानी लगायत देशका विभिन्न भागमा सडक तथा बजारहरूमा चहलपहल बढेको छ ।

बिहानैदेखि सडकमा सवारी साधनहरूको निर्वाध आवागमन देखिएको छ भने अत्यावश्यक कामका लागि बाहिर निस्कने र किनमेल गर्नेहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हिजोको तुलनामा आज बिहान सडकमा नेपाली सेनाको उपस्थिति पातलो देखिएको छ, जुन सुरक्षा व्यवस्थामा केही सहजता आएको मान्न सकिन्छ । हिजो चोक-चोकमा हतियारधारी सेना तैनाथ थिए ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार, आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म पुनः कर्फ्यू लागू हुनेछ । त्यसपछि बेलुकी ५ बजेदेखि ७ बजेसम्म दुई घण्टाका लागि पुनः कर्फ्यू खुल्ला गरिनेछ । आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि भने पुनः कर्फ्यू लागू हुनेछ ।

गत भदौ १९ गते भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हाल्दै देशभर कर्फ्यू जारी गरेको थियो । पछिल्ला केही दिनयता सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

यस अस्थायी खुकुलोपनले नागरिकहरूलाई केही राहत मिलेको छ भने बजारमा पनि आर्थिक गतिविधिहरू पुनः सञ्चालन हुन थालेका छन् । यद्यपि, सुरक्षा अवस्थाको संवेदनशीलतालाई ध्यानमा राख्दै तोकिएको समयसीमाभित्र नै आ-आफ्नो गन्तव्यमा पुग्न र अनावश्यक भीडभाड नगर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =