जेनजी युवाहरू भर्चुअल छलफलमा, वार्ताका एजेण्डा तय गर्दै

काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि बोलाएपछि अहिले जेनजीका युवा आफ्नो एजेन्डा तय गर्न भर्चुअल छलफलमा जुटेका छन् ।
डिस्कोर्डमा ३२ सयभन्दा बढी युवाले आफ्नो भविष्यको शासकीय संरचना, नेतृत्व चयन, र निर्वाचनको बारेमा गम्भीर छलफल गरिरहेका छन् ।
यो छलफलमा युवाहरूले नेपालको शासकीय स्वरूप र कार्यकारीको शासन अवधि जस्ता महत्वपूर्ण विषयहरूमा आफ्नो धारणा प्रस्तुत गर्दैछन् ।
मुख्य बुँदाहरूमा अहिलेको शासकीय संरचनामा सुधार ल्याउने र शासकीय कार्यकालको अवधि कति समयको हुने भन्ने विषयमा गहिरो छलफल भइरहेको छ ।
युवाहरूको भर्चुअल छलफलमा अर्को महत्वपूर्ण एजेण्डा भनेको वार्ताका लागि कोलाई पठाउने र नेतृत्वमा कसलाई अगाडि बढाउने भन्ने हो ।
यसमा आन्तरिक सहमति जुटाउने प्रयास भइरहेको छ । विशेष गरी, प्रधानमन्त्रीको चयन र कार्यकालका बारेमा स्पष्ट धारणा बनाउने विषयमा युवा नेताहरूको सक्रियता देखिएको छ ।








