जेन-जी प्रदर्शन : सार्वजनिक सम्पत्ति तोडफोड भए गोली चलाउने आदेश

काठमाडौँ । नयाँ बानेश्वरस्थित जेन जीहरूको प्रदर्शनमा गोली चलाउने आदेश आएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सुरक्षाकर्मीहरूलाई सार्वजनिक सम्पत्ति संरक्षणका लागि भन्दै सुरक्षाकर्मीहरूलाई आवश्यक परेमा रबरको गोली हान्नु आदेश दिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालले बताए ।

‘सार्वजनिक सम्पत्तिमाथि आक्रमण भएमा सुरक्षाकर्मीहरूले चेतावनी दिएर सामान्य बल प्रयोग गरेपनि गोली चलाउन पाउने अनुमति भएको हो ।’
सहायक प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

उनले सोझै कुनै व्यक्तिमाथि गोली प्रहार गर्न आदेश नभएको र रबरको गोली प्रयोग गर्ने हदसम्म मात्रै अनुमति दिइएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =