दुग्ध तथा उखु किसानका समस्या समाधान गर्न सरकार क्रियाशील छ : मन्त्री अधिकारी
२०८२ भदौ १९ गते

काठमाडौं । कृष तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध तथा उखु किसानका समस्या समाधान गर्न सरकार क्रियाशील रहेको बताएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउका हुन् । उनले मल अभावको समस्या समाधान गर्न पनि सरकार तत्पर रहेको बताए ।
उनले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा यान्त्रिकरण र औद्योगिकरणको विकास गर्नुपर्ने बताए ।
कृषिमा आत्मनिर्भर हुन सबैले आफूसँग उपलब्ध भएको खेतमा खेती गर्न जरुरी रहेको बताए । व्यवसायिक खेती गर्ने किसानलाई सरकारले अनुदानको माध्यमबाट प्रोत्साहन गरिरहेको उनको भनाइ छ ।
उनले जे कुरामा पनि विदेशकै भर पर्दा भविष्यमा समस्या आउनसक्ने उल्लेख गर्दै कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरको बाटोतर्फ अघि बढ्न जरुरी रहेको बताए ।
२०८२ भदौ १९ गते
प्रतिक्रिया
सम्बन्धित








