दयाहाङ राईले अभिनय गरेको पहिलो नाटक ‘सिरुमारानी’ पुनः मञ्चनमा (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘सिरुमारानी’को मञ्चन सुरु भएको छ ।
भदौ ११ गतेदेखि नाटक ‘सिरुमारानी’को मञ्चन सुरु भएको हो ।
आजभन्दा २३ वर्षअघि नाटककार सरुभक्तले लेखेका यस नाटकमा अभिनेता तथा मण्डलाका सहसंस्थापक दयाहाङ राईले पहिलो पटक अभिनय गरेका थिए । जसलाई मण्डलाकै विद्यार्थी अनुप न्यौपाने र सुमित्रा पेहिमले पुनः यसलाई मण्डलाको रङ्गमञ्चमा प्रस्तुत गरेका हुन् ।
नाटकमा एउटी नारीले नारीत्वको रक्षा गर्न गरेको सङ्घर्षलाई नाटकीय ढङ्गमा प्रस्तुत गरिएको छ । जसमा भाग्य पर्खने, शक्तिको अहङ्कारमा रुमल्लिने जस्ता समाजको नकारात्मक पक्षलाई चित्रण गर्दै जीवन स्विकारेर बाँच्नुपर्छ भन्ने कुरा सिकाएको छ ।
यस नाटकमा मण्डलाका सत्रौँ ब्याचका विद्यार्थीहरू ज्योत्सना घिमिरे, समीर भट्टराई, सायुज्य भण्डारी, सेजल गौतम र सहिष्मा खड्का लगायतले अभिनय गरेका छन् ।
यो नाटक सोमबार बाहेक हरेक साँझ ५: १५ बजे मञ्चन हुनेछ । साथै शनिवार दिउँसो १:१५ बजे अतिरिक्त शो मञ्चन हुनेछ ।
हेर्नुहोस् तस्बिरहरू :









