१० औं वार्षिकोत्सव मनाउँदै हुन्डाई क्रेटा, नेपालमा ऐतिहासिक उपलब्धि

काठमाडौँ । नेपालमा हुन्डाई गाडीहरूको एक मात्र आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., ले सेप्टेम्बर २०२५मा हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाउँदै छ।

नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको कम्पनीले जनाएको छ।

क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट मार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ।

क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरण मैत्री यात्रालाई एक साथ अगाडि बढाएको जनाएको छ। अहिलेसम्मको यात्रामा, क्रेटाले नेपालका सडकहरूमा हजारौँ परिवारलाई सेवा दिँदै आएको छ।

यस महत्त्वपूर्ण अवसरमा, हुन्डाई नेपाल, क्रेटाको सफलताको लागि सम्पूर्ण ग्राहकवर्ग, डिलर तथा
साझेदारहरूलाई हार्दिक आभार व्यक्त गरेको छ ।

आगामी दिनहरूमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ, हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 9 =