नामको लोकतन्त्रले देश विकास हुँदैन : सुरेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताए । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताए । कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हाबी रहेको भन्दै यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताए । पीडितको जमघटले समाज परिवर्तन गर्न नसकिने उनको भनाइ छ ।
उनले भने ‘यहाँ कतिपयले भन्नुभयो, लोकतन्त्रले देश विकास हुन्छ । मलाई कहिले कहीँ लाग्छ त्यसले मात्रै उत्तर पाइँदैन की भन्ने लाग्छ । दक्षिण कोरियामा तानाशाही शासनबाट देश परिवर्तन गरेर मरे । कहिले तानाशाही सकारात्मक भएर आउँछ, कहिले नकारात्मक छ । संसारमा एउटै अनुभव छैन । कम्युनिस्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता छ, यसमा लड्दै आएको छ । यो सबै पीडितहरूको मात्रै जमघट जस्तो लाग्यो । पीडितको जमघटले समाज परिवर्तन हुँदैन ।’
उपाध्यक्ष पाण्डेले युवाहरूको बीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बताए । विश्वविद्यालयहरू पहिला असल नेता निर्माण गर्ने केन्द्र भएको बताए । अहिलेका युवा नेता देखेपछि मानिसहरू भाग्ने गरेको बताए ।








