लक्ष्मी ग्रुपद्वारा ‘LAXPERIENCE २०२५’ प्रदर्शनी, पहिलोपटक BMW को सहभागिता हुने

काठमाडौं । नेपालका बहुप्रतिष्ठित अटो ब्रान्डहरू एकै छानामुनि समेटिने गरी लक्ष्मी ग्रुपले “LAXPERIENCE २०२५” नामक भव्य अटोमोबाइल प्रदर्शनी गर्ने भएको छ । आगामी भदौ ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११ बजेदेखि बेलुकी ६ बजेसम्म गैह्रीधारास्थित सिल्भर ओक भेन्युमा यो कार्यक्रम आयोजना हुनेछ ।

प्रदर्शनीमा Hyundai, BMW, Kaiyi र Forthing जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहने आयोजकले जनाएको छ । नेपालमै पहिलोपटक BMW ब्रान्डले सार्वजनिक अटो इभेन्टमा सहभागिता जनाउन लागेको हो, जसले कार्यक्रमलाई थप आकर्षक बनाउने विश्वास गरिएको छ ।

LAXPERIENCE २०२५ मा आगन्तुकहरूले विशेष छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनस, साथै सहज फाइनान्स र इन्स्योरेन्स सुविधा पाउनेछन् । नयाँ गाडी खरिद गर्ने वा पुरानो साट्न चाहने ग्राहकहरूका लागि यो एउटा अवसरको मेलो हुने आयोजकको दाबी छ ।

प्रदर्शनीमा ग्राहकहरूले नयाँ मोडल र प्रविधि प्रत्यक्ष रूपमा अवलोकन गर्न, ब्रान्ड प्रतिनिधिसँग संवाद गर्न तथा व्यक्तिगत डिल पाउने अवसरसमेत प्राप्त गर्नेछन् ।

सिर्फ अटोमोबाइल मात्र नभई, सबै उमेर समूहलाई लक्षित गरी प्रदर्शनी स्थलमा नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी, तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन हुनेछन् ।

लक्ष्मी ग्रुपले आयोजना गर्न लागेको यो कार्यक्रमले अटोप्रेमीहरू, ग्राहकहरू तथा परिवारका लागि एकैसाथ जानकारी, अनुभव र मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =