नयाँ भ्रष्ट जिन्दाबाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली बन्यो : घनश्याम भुसाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिले नयाँ भ्रष्ट जिन्दाबाद, पुराना भ्रष्ट मुर्दावादको नारा सबैभन्दा शक्तिशाली राजनीतिक प्रचारका रूपमा उदाएको बताएका छन् ।
बुधवार काठमाडौँमा स्व। प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नयाँ भ्रष्ट जिन्दाबाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने कुराले कुनै नयाँ गन्तव्यमा पुर्याउन नसक्ने जिकिर गरे । उनले पुरानाहरूले पनि रैथाने भ्रष्ट जिन्दाबाद, खानदानी भ्रष्ट जिन्दाबाद भन्ने स्थितिमा रहेको बताए । देशमा तर्क हराएको उनको भनाइ छ ।
उनले भने ‘आज कस्तो नारा पपुलर भइरहेको छ भने नयाँ भ्रष्ट जिन्दाबाद, पुराना भ्रष्ट मुर्दावाद भन्ने छ । सबैभन्दा शक्तिशाली अहिलेको राजनीतिक प्रचारको नारा नयाँ भ्रष्ट जिन्दाबाद हो । हामी पुरानाहरू रैथाने भ्रष्ट जिन्दाबाद भन्न खोजेको हो की रु हामी पुराना हौँ । खानदानी भ्रष्ट जिन्दाबाद भन्नुपर्ने जस्तो अर्को तर्क हरायो । मुलुकमा तर्क छैन । सहरमा तर्क छैन । राजनीतिमा तर्क हरायो । यस्ता तर्कले काम गरेर मुलुक विभाजित भएको छ । पहिलेदेखि देश विदेश चिनेका ठूलाठूला नेताहरू जानेका र पुरानाहरू नै ठिक छ वा नयाँ ठिक छ । आचरण र निष्ठाको कुरा गर्दा के फरक भयो रु’
महासचिव भुसालले नैतिक बलका आधारमा नेता बन्नुपर्ने बताए ।








