ह्युन्डाई नेपालद्वारा १० लाखसम्म जित्न सकिने ‘दसैँ–तिहार, १० गुणा उपहार’ अफरको घोषणा

काठमाडौँ । नेपालका लागि ह्युन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले सधैँ झैँ यस वर्ष पनि दसैँ–तिहारको अवसरमा विशेष अफर ‘दसैँ–तिहार, १० गुणा उपहार’ घोषणा गरेको छ।
नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठको उत्सवलाई रोचक एवं हर्षोल्लास बनाउन ह्युन्डाईले ‘दसैँ–तिहार, १० गुणा उपहार’ अफर घोषणा गरेको छ।
यस अफर अन्तर्गत, ग्राहकहरूले ८ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप छुट जित्ने अवसर समेत पाउनेछन्। यसका साथै, कम्पनीका अनुसार ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस पाउनेछन्। प्रत्येक गाडी खरिदमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर पनि उपलब्ध हुनेछ।
यस दसैँ–तिहारमा, ह्युन्डाई नेपालले सबै अटोप्रेमीहरू र सम्भावित ग्राहकहरूलाई नजिकैको ह्युन्डाई शोरुममा पुगेर ‘दसैँ–तिहार, १० गुणा उपहार’ अफरको फाइदा लिन आग्रह गरेको छ । अफर आजदेखि सुरु हुनेछ।








