चक्रे मिलनसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ चक्रे मिलनसहित १९ जनालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलन र राजेश खड्कालाई जनही ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बाँकी १७ जनाको हकमा भने १० देखि २० हजार रुपैयाँसम्मको धरौटी तोकिएको छ ।

उनीहरू सबैलाई थुनामुक्त गर्न अदालतले आदेश दिएसँगै धरौटी बुझाएर रिहा हुने प्रक्रियामा रहेका छन् ।

चक्रे मिलन लामो समयदेखि आपराधिक गिरोह चलाउँदै आएको आरोप लाग्दै आएको छ भने उनको समूहमा संलग्न भनिएका अन्य व्यक्तिहरू पनि पटक–पटक कानुनी कारबाहीमा परिरहेका छन् । हालैको कारबाहीमा पक्राउ परेका उनीहरूलाई अनुसन्धानपछि धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =