लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताएका छन् ।

काठमाडौँमा मंगलवार कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक भएको बताएका छन् ।

उनले नेपालमा लोकतन्त्रको स्थापना र पुनः स्थापनामा कानुन व्यवसायीहरूले पुर्याएको योगदानको सराहना गरे । लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरूपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको जिकिर गरे । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताए ।

विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको बताए । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशील हुने कानुन व्यवसायीहरूको संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आजको आवश्यकता रहेको बताए ।

उनले भने ‘लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला हो । जहाँसुकैका जो कोही होउन्, कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक पनि हुन् । नेपालमा लोकतन्त्रको स्थापना र पुनः स्थापनामा कानुन व्यवसायीहरूले पुर्याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा तपाईँहरूको अझै प्रभावकारी भूमिका रहने मैले विश्वास लिएको छु । लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरूपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन हो । विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने हामीले बिर्सनु हुँदैन । विधिको पूर्ण पालना गरी न्यायपूर्ण थिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको छ । नागरिकको छिटो र सहज तरिकाले न्याय पाउने हकलाई आकार दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आजको आवश्यकता हो ।’

राष्ट्रपति पौडेलले परिषद्ले कानुन व्यवसायीको इजाजत प्राप्तिको लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानुन व्यवसायीको क्षमतालाई प्रतिविम्वित गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =