अल्ट्राभायोलेट स्टल C1 – F77 Mach 2 ले जित्यो ग्राहकको मन !

काठमाडौँ । अल्ट्राभायोलेट नेपाल NAIMA ले कन्भेन्सन २०२५ मा आफ्नो प्रमुख इलेक्ट्रिक मोटरसाइकल F77 Mach 2 सार्वजनिक गर्दै स्टल C1 मा उपस्थितिहरूको मन जित्यो ।

नेपालको प्रमुख अटोमोटिभ प्रदर्शनीमा यो पावर(बाइक केन्द्रबिन्दु बनेको थियो । आकर्षक शुरुआत F77 Mach 2 F77 Mach 2 को एभिएशन(प्रेरित डिजाइनले आगन्तुकहरूलाई आकर्षित गर्याे भने यसको अत्याधुनिक प्राविधिक क्षमताले प्रभावित बनायो ।

यसले १५५ किमी/घण्टा सम्मको शीर्ष गति, १०० Nm टर्क, र Recon भेरियन्टमा ३२३ किमी  (IDC प्रमाणित) सम्मको दायरा प्रदान गर्दछ । अल्ट्राभायोलेटको स्वामित्वयुक्त SRB-10 ब्याट्री प्रविधिले लामो दूरीको प्रदर्शन मात्र होइन, उन्नत थर्मल, इलेक्ट्रिकल, मेकानिकल, इलेक्ट्रोनिक तथा सफ्टवेयर सुरक्षा तहहरु पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

यसमा उ‌द्योगमै पहिलोपटक १,००,००० किमी वा ५ वर्षको ब्याट्री वारन्टी दिइएको बताइएको छ ।

यो मोटरसाइकलमा १०–स्तरको डाइनामिक रिजनरेटिभ ब्रेकिङ, ४–स्तरको ट्याक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल (DSC), स्विचेबल डुअल–च्यानल हिल–होल्ड, तथा कनेक्सनयुक्त ५ इन्चको TFT डिस्प्ले जस्ता सुविधा छन् । यी सबैले चालकको सुरक्षा र अनुभवलाई प्रिमियम स्तरमा पुऱ्याउँने कम्पनीले दाबी गरेको छ ।

स्मार्ट सुरक्षा र नयाँ पुस्ताको ब्याट्री नवप्रवर्तन

कम्पनीका अनुसार F77 Mach 2 को मुटुमा रहेको ब्याट्री प्याक ६ लाख किलोमिटरभन्दा बढीको विकास यात्राबाट आएको हो । यसको पाँच–तह सुरक्षा प्रणाली र विस्तारित ५ वर्ष १,००,००० किमी वारन्टीले विश्वसनीयताको ग्यारेन्टी दिन्छ ।

यसलाई अझ स्मार्ट बनाउन Violette Al Smart Tech इकोसिस्टम थपिएको छ जसमा मुभमेन्ट तथा टोइड अलर्ट, क्र्यास डिटेक्सन, रिमोट लकडाउन, र रियल–टाइम यग्नोस्टिक्सजस्ता सुविधा छन्, बाइक बन्द हुँदा पनि ।

बजारमा नयाँ उत्साह टेस्सर्याक्ट र शॉकवेभ

Mach 2 पछि, दुई नयाँ मोडेलको प्रतीक्षा अझै बढेको छ । Tesseract शैली र प्रदर्शन चाहने शहरी चालकका लागि प्रिमियम इलेक्ट्रिक स्कूटर । ३.५ kWh ब्याट्री, १२५ किमीरघण्टा शीर्ष गति, र ०-६० किमीरघण्टा २.९ सेकेन्डमा पुग्ने क्षमता । सुरक्षा सुविधामा डुअल ड्यासक्याम, ब्लाइन्ड स्पट डिटेक्सन, कोलिजन अलर्ट, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, र Violette Al द्वारा सञ्चालित ठूलो टचस्क्रिन डिस्प्ले छन् ।

Shockwave-साहसिक र टिकाउ यात्राका लागि डिजाइन गरिएको अफ(रोड इलेक्ट्रिक डर्ट बाइक (विस्तृत विवरण पछि सार्वजनिक गरिनेछ) ।

यी मोडेलहरु अल्ट्राभायोलेटको रोडम्यापअनुसार २०२६ को पहिलो चौमासिकमा नेपालमा आउने बताइएको छ ।

अल्ट्राभायोलेट नेपालका बिक्री प्रमुख दुर्गेश थापा भन्छन् ‘NAIMA मा हामीले पाएको प्रतिक्रिया अत्यन्तै उत्साहजनक छ । नेपालका चालकहरू प्रदर्शन-केन्द्रित र वातावरणमैत्री मोबिलिटीका लागि तत्पर छन्, र F77 Mach 2 को अत्याधुनिक ब्याट्री तथा स्मार्ट टेक सुविधासहित हामीले त्यही उपलब्ध गराएका छौं। अब हामी  Tesseract र Shockwave का लागि पर्खन सक्दैनौं ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 4 =