प्रधानमन्त्री ओलीबाट नाडा अटो शो २०२५ को उद्घाटन हुने

काठमाडौँ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटगरी १७औँ संस्करणको नाडा अटो शो २०२५ को प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन औपचारिक रूपमा आग्रह गरेको छ ।

प्रतिनिधि मण्डलले आगामी भाद्र ३ गते देखि ८ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप परिसरमा आयोजना हुने नाडा अटो शोको उद्घाटन गरिदिन आग्रह गरेको हो ।

उक्त भेटघाटमा अध्यक्ष चौधरीले नाडा स्थापनाको ५० औँ वार्षिक उत्सव मनाउने क्रममा रहेको र नाडाले १७ औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्न लागेको जानकारी दिए । यसैक्रममा अध्यक्ष चौधरीले यस वर्षको अटो शोमा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू, विन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका UNITREE रोबोट्स् र Deepal eVTOL UAV जस्ता आकर्षक र भविष्य उन्मुख प्रविधिहरू प्रदर्शनीको केन्द्रबिन्दु हुने जानकारी दिए ।

सो भेटघाटमा नाडा प्रतिनिधि मण्डलको सो आग्रहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सहर्ष स्वीकार गरेका छन् ।

यसबाट अटोमोवाइल व्यवसायीहरूले थप हौसला र प्रेरणा मिलेको महसुस गरेका नाडाले जनाएको छ । उक्त भेटघाटमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेल समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =