वैकल्पिक वित्त कोष स्थापना गर्न ढिला नगरौं : सांसद कार्की

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वैकल्पिक विकास वित्त परिचालन गरेर विकासको गतिलाई तीव्र पारिनुपर्ने बताएका छन् ।

अर्थ समितिमा सोमवार भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा बनेको विधेयकमाथिको दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले मुलुकको पूर्वाधार निर्माणका लागि निजी क्षेत्रको समेत सहभागिता हुनेगरी ल्याइएको कानुन छिटो बनाइनुपर्नेमा जोड दिए । सरकारले वैकल्पिक विकासको योजनाहरू अघि बढाउन ढिलाइ गर्न नहुने बताए ।

पूर्व अर्थमन्त्री कार्कीले भने ‘नयाँ सोचका साथ वैकल्पिक विकास वित्त परिचालनसम्बन्धि कानुन ल्याइएको हो । चाँडोभन्दा चाँडो समितिबाट पास हुनुपर्छ । अहिले जुन तरिकाले समितिमा छलफल भएको छ, यो ढिलाइ भइरहेको छ । वैकल्पिक विकासको योजनाहरू अघि बढाउनुपर्छ ।’

सांसद कार्कीकाअनुसार अहिले देखिएको स्रोत अभावको समस्यालाई हटाउन र विकासमा निजी क्षेत्रको सहभागिता बढाउन वैकल्पिक वित्त कोष महत्त्वपूर्ण हुनेछ । विधेयकमा धेरै कुरा स्पष्ट रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + six =