राजनीतिक स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिउँ : नेता खरेल

काठमाडौं । नेकपा (एमाले)का नेता अग्नि खरेलले मुलुकका साझा स्वार्थका मुद्दामा राजनीतिक स्वार्थभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

खरेलले देशलाई एकतावद्ध बनाएर साझा स्वार्थलाई अघि बढाउनसके धेरै चुनौती समाधान गर्न सकिने धारणा राखे ।

उनले नेपालले जल विद्युत उत्पादनमा फड्को मारिरहेको पनि बताए । उनले विद्युत् ऐन, २०४९ आइसकेपछि नेपालमा ३ हजार ४ सय मेगावाट विद्युत् थपिएको उल्लेख गरे ।

विद्युत उत्पादनको क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्रको सहयोग रहेको पनि उनले बताए ।

नेता खरेलले विदेशी बजारको विश्लेषणका आधारमा उर्जा तथा जलस्रोत नीति बनाउनेतर्फ जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =