जगदम्बा मोटर्सले १४ देखि १९ सिटर व्यावसायिक इलेक्ट्रिक गाडीहरु नाईमा अटो शोमा प्रस्तुत गर्दै

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्रा।लि।, ले व्यावसायिक विद्युतीय सवारी साधन (इभी) को क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्दैछ। कम्पनीले Farizon, Chery Wanda र King Long  जस्ता चिनियाँ ब्रान्डहरू मार्फत १४ देखि १९ सिटर क्षमताका बहुउपयोगी व्यावसायिक इभीहरु नेपाली बजारमा ल्याएको छ।

नेपालले निजी सवारी साधनमा इभीको अभूतपूर्व वृद्धि देखाएपछि अब व्यावसायिक इभी क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भइरहेको छ। यही प्रवृत्तिलाई मध्यनजर गर्दै जगदम्बा मोटर्सले सार्वजनिक यातायात, कर्मचारी ढुवानी, तथा पर्यटनजस्ता प्रयोजनका लागि उपयुक्त इभी भ्यानहरु प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।

Farizon १९ सिटर भ्यान Farizon, Geely Group 

कम्पनीका अनुसार अन्तर्गतको ब्रान्ड हो जसले विश्वस्तरीय प्रविधिमा आधारित पूर्ण इलेक्ट्रिक प्लेटफर्ममा आधारित गाडी निर्माण गर्छ।  NAIMA एक्स्पोमा प्रस्तुत यो मोडलको विशेषताहरु यस्ता छन् :

· १७०kW इलेक्ट्रिक मोटर – नेपालका कठिन उकालो सडकहरु सहजै पार गर्ने क्षमता।

· ८२.८८ kWh लिथियम ब्याट्री – लामो दूरी यात्रा गर्न सक्षम।

· EU WVTA प्रमाणपत्र – यूरोपियन युनियनको उच्च सुरक्षा र गुणस्तर मापदण्डमा आधारित।

· १९ सिट क्षमताको स्पेसियस भ्यान – पर्यटक तथा अन्तरसहर सेवाका लागि उपयुक्त।

· डिस्क ब्रेक, एयरब्याग,  ABS, EBD, 360° क्यामेरा, ADAS, AVAS– उन्नत सुरक्षा विशेषताहरु।

· एसी, हिटर, हीटेड सिट र स्टेरिङ – चालकका लागि आरामदायी अनुभव।

· ब्याट्री वारन्टीस् ४ वर्ष वा ७ लाख किलोमिटर

· मोटर वारन्टीस् ५ वर्ष वा २ लाख किलोमिटर

· शुरुआती मूल्यस् रु. ७६,९०,०००

Chery Wanda – १४ सिटर इभी माइक्रोबस

चिनियाँ ब्रान्ड Chery र Wanda को संयुक्त निर्माण भएको यो माइक्रोबस शहरी आवागमनका लागि किफायती, भरपर्दो र सक्षम सवारी हो।

·     CATL ५३.५८kWh ब्याट्री

·  NEDC ३०० किमी (प्रयोग सर्त अनुसार फरक पर्न सक्छ)

· ग्राउन्ड क्लेयरन्सस् १८० मिमी

· ब्याट्री वारन्टीस् ५ वर्ष वा ३ लाख किलोमिटर

· मोटर वारन्टीस् ५ वर्ष वा २ लाख किलोमिटर

· शुरुआती मूल्यस् रु. ५६.५ लाख मात्र

जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवाल भन्छन्, ‘NAIMA Nepal Mobility Expo 2025 मा हामी विभिन्न व्यावसायिक इभी समाधानहरू प्रस्तुत गर्दैछौं। हाम्रा गाडीहरूले इभी पारिस्थितिकी तन्त्रलाई अझ मजबुत बनाउनेछ जुन व्यवसायिक चालकहरूमाथिको दवाव कम गर्ने दिशामा ठुलो कदम हुनेछ।’

NAIMA Nepal Mobility Expo 2025  मा जगदम्बा मोटर्सको स्टल D-16, Hall D मा रहनेछ। कार्यक्रममा सहभागी हुने ग्राहकहरूले बुकिङमा विशेष अफरहरु पनि प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =