मण्डलामा नाटक ‘फार अवे’ को मञ्चन सुरु (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘फार अवे’ को मञ्चन सुरु भएको छ ।

साउन २० गते मंगलबारदेखि नाटक ‘फार अवे’ को मञ्चन सुरु भएको हो ।

नाटक एक शान्त रहस्यबाट सुरु हुन्छ र एक तनावपूर्ण अवास्तविक संसारमा पुग्छ । जहाँ जनावरहरू र नदीहरू पनि विश्वव्यापी युद्धमा फसेका देखिन्छन्। ‘फार अवे’ एक छोटो र गहिरो भाव बोकेको नाटक हो ।

यस नाटकमा राज्य संयन्त्रमा कसरी हिंसाको सामान्यीकरण हुन्छ भन्ने कुरालाई देखाइएको छ ।

यस नाटकका लेखक ब्रिटिस नाटककार केरिल चर्चिल हुन् । वान वर्ल्ड थिएटरको प्रस्तुति रहेको नाटकलाई राजकुमार पुडासैनीले निर्देशन गरेका हुन् ।

अंग्रेजी भाषामा मञ्चन गरिएको यस नाटकमा कलाकार रिशु राउत, रुजा राउत र अनिश बिमलीले अभिनय गरेका छन्।

‘फार अवे’ नाटक हरेक साँझ ५:३० बजे मण्डलामा नाटकघरमा यही साउन २५ गतेसम्म मञ्चन हुनेछ।

हेर्नुहोस् मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले क्यामेरामा कैद गरेका नाटक ‘फार अवे’ का तस्बिरहरू :

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =