NAIMA 2025 मा Ather Energy को नयाँ पारिवारिक स्कुटर ‘Rizta’ सार्वजनिक हुँदै

काठमाडौं । भारतको प्रमुख इभी निर्माता Ather Energy ले आफ्नो बहुप्रतीक्षित पारिवारिक इलेक्ट्रिक स्कुटर ‘Rizta’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा श्रावण २१ (अगस्ट ६) देखि सुरु हुने NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५ को पहिलो दिन Rizta को औपचारिक सार्वजनिक कार्यक्रम आयोजना गरिने भएको हो ।
नेपालका लागि Ather Energy को आधिकारिक वितरक वैद्य एनर्जी प्रा.लि. ले यस स्कुटरलाई नेपाली बजारमा विशेष अफर र गिभअेवे योजनासहित भित्र्याउन लागेको हो । कम्पनीका अनुसार Rizta नेपाली परिवारहरूको आवश्यकता अनुसार डिजाइन गरिएको स्मार्ट, सुरक्षित र टेक्नोलोजीमैत्री स्कुटर हो ।
Rizta स्कुटरका मुख्य विशेषताः
१५९ किमी सम्मको रेञ्ज
७ इन्चको स्मार्ट TFT डिस्प्ले
SkidControl जस्ता उन्नत सुरक्षात्मक प्रविधि
५६ लिटरको स्टोरेज क्षमता
Ather 450 सिरिजको सफलतापछि बजारमा आउन लागेको Rizta ले कम्पनीको दिगो र प्रविधिमैत्री मोबिलिटी समाधानलाई अझ फराकिलो दर्शक वर्गमा पुर्याउने कम्पनीको विश्वास छ ।
NAIMA Expo मा विशेष अफरहरू:
Rizta को सार्वजनिक कार्यक्रममा सहभागी हुने भाग्यशाली एक जनालाई नयाँ Rizta स्कुटर उपहार
स्कुटर बुक गर्ने ग्राहकका लागि:
निःशुल्क Eight70 ब्याट्री वारेन्टी
०% ब्याजमा १२ महिनासम्म किस्ताबन्दी
रु. ८,००० सम्मको एक्सचेन्ज बोनस
वैद्य एनर्जी प्रा.लि. का सीईओ सूर्यांश वैद्य भन्छन्, “Rizta हाम्रो लागि सबैभन्दा प्रतीक्षित उत्पादनहरूमध्ये एक हो । हामी नेपालमा यसको सार्वजनिक प्रस्तुति गर्न पाउँदा गर्वित छौं र यो कदमले नेपालको EV पारिस्थितिक तन्त्रलाई अझ सशक्त बनाउनेछ ।”
Ather Energy का CBO रवनीत सिंह फोकेला का अनुसार, “Rizta ले हाम्रो परिवारमा नयाँ प्रयोगकर्ताहरूलाई स्वागत गर्नेछ । जसले सजिलो, सुरक्षित र आरामदायी सवारीलाई प्राथमिकता दिनुहुन्छ। हामी विश्वास गर्छौं कि Rizta नेपाली ग्राहकहरूको आवश्यकता अनुसार पूर्ण रूपमा उपयुक्त छ ।”








