नवनियुक्त मुख्यमन्त्री बानियाँले गरे शपथग्रहण
२०८२ साउन २० गते

बागमती । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आज दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई केही बेरअघि हेटौँडास्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबीच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनियताको शपथग्रहण गराए ।
प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले)का ६४ जना प्रदेशसभा सदस्यहरूको हस्ताक्षरसहित बानियाँले सोमबार प्रदेश प्रमुख देवकोटा समक्ष मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।
आजै मुख्यमन्त्री बानियाँले एमालेबाट छ जना र कांग्रेसबाट दुई जना गरी आठ सदस्यीय मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
२०८२ साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








