सिद्धार्थ राजमार्ग २० घण्टादेखि अवरुद्ध, सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरू पास गराउन माग

काठमाडौँ । नेकपा एमालेका सांसद ठाकुर गैरेले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा ठुलो पहिरो जाँदा २० घण्टादेखि यातायात अवरुद्ध भएको बताएका छन् ।

आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सडक अवरुद्ध हुँदा यात्रुहरूको आगमन प्रभावित हुनुका साथै मालबाहक गाडहरू समेत चल्न नसकेको बताएका हुन् ।

यात्रुहरू बाटोमा बिचल्लीमा पर्ने स्थिति आएको भन्दै सांसद गैरेले वैकल्पिक बाटो सञ्चालन गर्न तिनाउँ गाउँपालिकासहित सुरक्षाकर्मीहरूले प्रयत्न गरे पनि सफल हुन नसकेको सांसद गैरेको भनाइ छ ।

संसदमा बोल्दै सांसद गैरेले भने ‘पश्चिम पाल्पाको जुठापैवामा पनि बाटो भासिएर स्थानीय जनजीवन प्रभावित बनेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ–राम्दी खण्डसहित ग्रामीण सडकहरू समेत पहिरोले बन्द भएका छन् । विद्यार्थीले पढ्न पाइरहेका छैनन् भने स्थानीयको आवतजावत बन्द छ । सिद्धार्थ राजमार्ग भएर पर्वत, अर्घाखाँचीसम्म पुग्ने नागरिकले समस्या भोग्नुपरेको छ ।’

सांसद गैरेले सिद्धार्थ राजमार्गमा देखिएको अवरोध तत्काल हटाउन सरकारसँग माग गरे । सम्भव भएसम्म सिद्धबाबा सुरुङ मार्गबाट साना गाडीहरू पास गराउन उनले माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =