शिक्षाविद् तुलाधर, पन्त र पन्थीको तस्बिरअंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालका शिक्षाविद्हरू ई।कुलरत्न तुलाधर, शंकरदेव पन्त र पण्डित ऋषिराम पन्थीको तस्बिरअंकित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच मन्त्री गुरुङले त्रय शिक्षाविद्हरूको तस्बिर अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाएका हुन् ।

उनीहरूले विभिन्न समस्याका बाबजुद पनि नेपालीहरूलाई शिक्षा सुलभ गर्न भूमिका खेलेका थिए । टाँचा प्रदान गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो राष्ट्रिय स्वाभिमानको विषय भएको बताए ।

नेपालमा सहज शिक्षा प्रदान गर्नमा तीन जना शिक्षाविद्हरूको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =