राजीनामा दिएका चार मन्त्रीलाई मुख्यमन्त्री लामाले गरे बर्खास्त

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले शुक्रबार साँझ चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री लामाले पदमुक्त गरेका मन्त्रीहरूमा संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

यी चार जनाले आज दिउँसो नै राजीनामा दिएका दिएका थिए । मुख्यमन्त्री लामाले पदमुक्त गरेका चारै जना नेपाली कांग्रेसबाट मन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =