टिप्पणी

गगनको गम्भीर मौनता: आफ्नै सहकर्मी कारबाहीमा पर्दा पनि चुपचाप

काठमाडौं । नेपाली कांग्रेसले असार२५ गते आफ्ना १८ जना नेताहरुलाई अनुशासनको कारबाही गर्‍यो । केन्द्रीय अनुशासन समितिले झन्डै तीन वर्षअघि भएको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेताहरूलाई कारबाही गरेको जनाएको छ ।

केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना संयोजक रहेको अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङ जिल्ला सभापति विष्णुकुमार राई, गण्डकी प्रदेश सरकारका पूर्वमन्त्री कुमार खड्कालगायत १८ जनालाई कारबाही गरेका हो । कारबाहीमा परेका सबै नेताहरु संस्थापन इतरपक्षका हुन् अर्थात् डा.शेखर काेइराला पक्षका ।

अनुशासन समितिले नेताहरुलाई कारबाही गरेपछि शेखर कोइराला समूहको बैठकले कारबाही वैध नभएको निष्कर्ष निकालेको छ । बहुमतका आधारमा गरिएको कारबाहीलाई कोइराला समूहले पूर्वाग्रहका रूपमा व्याख्या गर्‍यो । बिहिबार बसेको शेखरपक्षको बैठकमा सहभागी भएका अधिकांश नेताहरुले कारबाहीको विपक्षमा धारणा राखे ।

उसो त, भरखरै सम्पन्न भएको केन्द्रीय समिति बैठकमा पनि अनुशासन समितिको कुनै पनि निर्णय बाहिर नल्याउने सहमति भएको थियो । सभापति, उपसभापति र महामन्त्रीबीच भएको सहमतिविपरित निर्णण बाहिर आएको भन्दै शेखरपक्षको बैठकमा विरोध भयो ।

शेखर पक्षधर नेताहरु भन्छन्ः ‘अनुशासन समितिबाट भएको कारबाही स्वीकार्य छैन’

गगनको गम्भीर मौनता

१८ जना नेतामाथिको अनुशासन कारबाहीलाई लिएर पार्टीभित्रको आन्तरिक द्वन्द्व सतहमा आएको त छदैछ । तर सबैभन्दा चाखलाग्दो पक्ष भने महामन्त्री गगन थापाको मौनता हो ।

एक समय शेखर कोइरालाको छायाँ झैँ देखिने गगन अहिले त्यो छायाँबाट बिस्तारै टाढिँदै गएका छन् । सभापति देउवासँग भएको सहमति विपरीत १८ नेताको कारबाहीमा उनी स्वयंको संलग्नता रहेको भनिन्छ । यदि त्यो सही हो भने, शेखर समूहभित्रै बसेर आफ्ना सहकर्मीहरूको घाटीमा पासो हाल्ने नेता गगन भए । र यदि त्यो गलत हो भने पनि, आफ्नो समूहका नेताहरू कारबाहीमा परेका बेला थापा चुपचाप किन ?

यदी गगनको आग्रहमा कारबाही नभएको हो भने उनि निटक नेताहरु शेखर समुहको बैठकमा किन गएनन् ? बिहिबार बसेको शेखरसमुहको बैठकमा महामन्त्री थापा मात्रै नभएर उनि निटक रहेका अन्य नेताहरु पनि उक्त बैठकमा सहभागी भएका थिएनन् ।

केन्द्रीय सदस्यहरु प्रकाश स्नेही, प्रतिमा गौतम, मुक्ता यादव, अजयबावु सिवाकोटी, लुम्बीनी प्रदेश सभापति अम्मरसिंह पुन र मधु आचार्य शेखर समूहको बैठकमा गएका थिएनन् । उनिहरु सबै गगन निकट हुन् । उनिहरुलाई बोलाउँदा पनि बैठकमा सहभागी नभएको शेखर समूहका एक नेताले मकालुखबरलाई जानकारी दिए ।

लामो समयदेखी शेखरसमूहमा रहेर महामन्त्री थापा पछिल्लो समय इतरपक्षको बैठकमा सहभागी हुँदैनन् । संस्थापन इतरसमूहको प्रतिरक्षा पनि गर्दैनन् । यतिसम्मकी शेखर समूहका १८ नेतालाई कारबाहीको निर्णय गराएर उनि विदेश भ्रमणमा गएको स्रोत बताउँछ ।

शेखर समूहले लामो समयदेखि आफूलाई पार्टीको विपक्षीका रूपमा प्रस्तुत गर्दै आएको छ । महामन्त्री थापाले पनि यही समूहभित्र रहेर आफ्नो भविष्य बनाइरहेका थिए । उनि, यहि समूहबाट महामन्त्री समेत निर्वाचित भए । तर पछिल्लो व्यवहारले उनी न त इतर, न त संस्थापन । तर अवसर भन्ने रणनीतिमा उत्रिएको स्पष्ट छ ।

शेखर समूहको बैठक छाड्नु, कारबाहीको विरोध नगर्नु, संस्थापन पक्षसँग सौम्यता देखाउनु, यी सबै संकेतहरूले गगन अब गुटभित्र होइन, सत्ताभित्र समातिन चाहिरहेका छन् भन्ने देखिन्छ । सत्ताका लागि गगनले चालेको मौन चाल अब मौन छैन । यो चाल अब छरपष्ट हुँदै गइरहेको छ ।

हुन पनि गगन थापाको दोहारो चरित्रले उनि कुन टिममा छन् ? उनको रणनीति के हो ? बुझ्न सजिलो छैन् । केही महिना अगाडी मात्रै उनले शेखरसँग भेट गरेर मौनता तोडेका थिए । उनले आफू यहि समूहमै रहेको सन्देश दिएका थिए । तर, उनको यो सन्देश लामो समय टिक्न सकेन । संस्थापनसँग बार्गेनिङ गरेर सभापति बन्ने दाउ हेरिररहेका थापा भरखरै सम्पन्न केन्द्रीय समिति बैठकमा पनि सोही अनुरुप प्रस्तुत भए ।

यसअघिका बैठकमा उनि संस्थापन पक्षको विरोधमा धारणा राख्थे । तर, केहीदिन अगाडी सम्पन्न भएको बैठकमा उनले सभापति देउवाको आलोचना गरेनन् ।

इतरसमूहका प्रमुख नेता शेखर कोइरालामाथि विनोद चौधरीसहितका नेताहरुले बिभिन्न आरोप लगाउँदा पनि गगन बोलेनन् । बरु, चौधरीकै समर्थनमा आफ्ना शव्द खर्चिएको बताइन्छ ।

गगन थापा संस्थापनसँग सामीप्य खोज्दै छन्, कि त्यसैको भरमा आगामी महाधिवेशनमा सभापतिको टिकट ? प्रश्न यत्ति हो– के उनी पुराना सहकर्मीहरूलाई होमाएर नयाँ सिंहासन खोज्दै छन् ?

शेखर समूहका नेताहरू नै भन्छन्– ‘गगन अब हाम्रो समूहमा छैनन्, घोषणा हुन मात्रै बाँकी छ ।’ उनको व्यवहारले त्यो पुष्टि पनि गरिरहेको छ । महामन्त्री थापा संस्थापन इतर समूहको बैठकमा नआएको महिनौं भइसकेको छ ।

कारबाहीको विरोधमा उभिनु त टाढाको कुरा, आफ्ना नजिकका नेताहरूले बोलाउँदा पनि उपस्थित नहुने गगन अब इतर समूहको होइनन् भन्ने स्पष्ट देखिन्छ ।

बरु, गगनले पछिल्लो समय संस्थापनसँग बार्गेनिङमा बढी चासो दिएको आभास दिन थालेका छन् । सभापतिको आकांक्षा बोकेका गगनले संस्थापन समूहसँग सहकार्य नगरी अघि बढ्न सकिँदैन भन्ने यथार्थ उनी आफैंलाई थाहा छ ।

प्रतिक्रिया

One thought on “गगनको गम्भीर मौनता: आफ्नै सहकर्मी कारबाहीमा पर्दा पनि चुपचाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =