वीरेन्द्रनगरमा ’ट्राफिक लाइट’ सञ्चालन

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ट्राफिक लाइट जडान गरी आजदेखि सञ्चालनमा ल्याइएको छ ।

वीरेन्द्रनगर नगरपालिकाले ट्राफिक लाइट जडान गरी सञ्चालनका लागि आजै जिल्ला ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा नगरपालिका प्रमुख मोहनमाया ढकालले वीरेन्द्रनगरलाई व्यवस्थित र सुरक्षित सहर बनाउन ट्राफिक लाइट जडान गरिएको बताए ।

उनले भने, ‘बढ्दो सहरीकरणसँगै सवारीसाधन दिनहुँ बढिरहेका छन् । यसले सुरक्षा चुनौती, शान्त एवं सुन्दर सहर निर्माणमा चुनौती थपिएको छ । वीरेन्द्रनगरमा करिब तीन सय सिसी टिभी जडान गरिनेछ ।’

उनका अनुसार वीरेन्द्रनगरको मङ्गलगढी, एरिचोक र दैलेख रोडमा छिट्टै ट्राफिक लाइट जडान गरिनेछ । फुटपाथ व्यवस्थापन भइरहेको छ ।

सवारीसाधनको गति, पैदल यात्रुहरूको आवतजावत पनि सहज गरी मुख्य सडक व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =