घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्नुहुन्न : प्रकाशशरण महत

काठमाडौँ । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले घरजग्गामा अनावश्यक रुपमा धेरै लगानी भइसकेकाले अब प्रोत्साहन गर्न नहुने बताएका छन् ।

आज अर्थ समितिमा भएको आगामी मौद्रिक नीतिबारेको छलफलमा उनले घरजग्गामा अत्यधिक अनावश्यक किसिमले ज्यादा लगानी भएको बताए । उनकाअनुसार अब पनि त्यस क्षेत्रमा कर्जा विस्तार गर्न दिइनु हुँदैन । बैंकहरुले ठूला उद्योगहरूलाई मात्रै कर्जा दिएर धेरै झमेला खेप्न नचाहेको बताए ।

महतकाअनुसार कृषि विकास बैंकले हाइड्रो पावरमा लगानी गर्दैछ । कृषिमा अझै कर्जा पुग्न सकिरहेको छैन ।

महतले भने – ‘घरजग्गामा भएको लगानी ठूलो भएको छ । अब प्रोत्साहन गर्न हुँदैन । उत्पादनशील क्षेत्रमा लगानी प्रोत्साहन गर्नुपर्छ । जसले घरजग्गामा धेरै लगानी गरेर धेरै नाफा कमाउन खोज्दै छ, अब नोक्सानी व्यहोर्न तयार हुनुप¥यो । मौद्रिक नीति गत समयममा भएका कमीकमजोरीबाट पाठ सिक्न जरुरी छ । साना कर्जा लिनेलाई धेरै ठूलो समस्या रहेको छ ।’

उनकाअनुसार व्यवसायीक रुपमा काम गर्न चाहनेलाई कर्जा दिने व्यवस्था आगामी नीतिले गर्नुपर्छ । उत्पादनमा आधारित कृषिलाई प्रोत्साहन गर्ने नीति र कर्पोरेट कल्चरको अभ्यास गराउनुपर्छ । सुपरभिजन कम भो, रेगुलेसन बढी भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =