सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ राजनीतिज्ञ, पूर्वमन्त्री एवं पूर्वसांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् । रेग्मीको अष्ट्रेलियामा उपचारका क्रममा यही असार २३ गते निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

पूर्वमन्त्री एवं २०१५ का सांसद रेग्मीको निधनको खबरले दुःखीत बनाएको उल्लेख गर्दै उनले रेग्मीले पु¥याएको सक्रिय योगदान पार्टीमा स्मरणीय रहिरहने बताए ।

स्व रेग्मी २०१५ सालको प्रथम आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं ९३ पाल्पा पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वको २०४७ सालको अन्तरिम सरकारमा उनि आवास तथा भौतिक योजनामन्त्री थिए ।

पाल्पा तानसेन नगरपालिका–२, मेहलधारामा जन्मनुभएका रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट कांग्रेसले एक वरिष्ठ र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =