सार्वजनिक विद्यालयहरूलाई निजी विद्यालयको स्तरमा पुर्याउने गरी काम भइरहेको छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरूलाई पनि निजी विद्यालयको स्तरमा पु¥याउने गरी काम अघि बढाइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले राज्यले यथेष्ट लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरू बन्ने दाबी गरे । सरकारले उच्च शिक्षालाई पनि समयानुकूल बनाउन चाहेको बताए । निजी विद्यालयलाई पनि गुठीको मोडेलमा ल्याउन प्रयत्नरत रहेको बताए ।

मन्त्री पन्तले भने ‘निजी स्कुलको स्तरमा हामीले सामुदायिक र सार्वजनिक विद्यालयहरूलाई पुर्यायौँ । राज्यले त्यहाँ यथेष्ट लगानी गर्नसक्यो भने अहिले नै हामीले उदाहरण देखेका छौँ । सामुदायिक र सार्वजनिक विद्यालय राम्रो हुँदा अभिभावकहरूले बोर्डिङमा भर्ना गरेका विद्यार्थी त्यहाँबाट झिकेर सार्वजनिक विद्यालयमा ल्याएका छन् । सरकारी विद्यालयमा ल्याएका छन् । सरकारले लिएको नीति के हो भने सरकारले तीन खम्बे अर्थनीति लिएको छ । जब हामी निजी क्षेत्रलाई शिक्षा क्षेत्रमा छुट दिने की नदिने भन्ने प्रश्न छ । सरकारले अहिले लिन खोजेको नीति निजी क्षेत्रमा चलेको स्कुल पनि सामुदायिक स्तरमा नगएपनि कमसेकम संस्थागत विद्यालयहरूलाई एउटा सहकारीको मोडेलमा, गुठीको मोडेलमा ल्याउनसकियोस् भन्ने प्रोत्साहनका लागि केही प्रावधान ल्याइएको छ ।’

मन्त्री पन्तले सरकारले विद्यालय शिक्षा विधेयक चालु अधिवेशनबाटै पारित गर्नेगरी काम गरिरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 12 =